भक्तपुर– दशैं तिहारमा भक्तपुरलाई शान्त र सुरक्षित राख्न महानगरीय प्रहरी परिसर भक्तपुरले सुरक्षा रणनीति सार्वजनिक गरेको छ।
परिसरले यो अवधिमा मोबाइल भ्यान, मोटरसाइकल, स्ट्राइकिङ, रिजर्भ, सिआरभी, सादा पोशाक, नाका चेकप्वाइन्ट, चोरी तथा लुटपाट नियन्त्रण २४ घण्टे एम्बुस, सवारी साधनमा पकेटमारी नियन्त्रण, शक्तिपीठ तथा मन्दिरमा दर्शनार्थीको सुरक्षाका लागि सादा पोशाकमा समेत ५ सय ८ प्रहरी परिचालन गरेको छ ।
प्रहरी परिसर भक्तपुरका प्रमुख हिमालयकुमार श्रेष्ठले रणनीति सार्वजनिक गर्दै सुरक्षामा आइपर्ने चुनौतीको पहिचान गर्दै रणनीति तयार पारिएको बताए।
प्रहरीले घरेलु मदिरा, जुवातास, लङ्गुरबुर्जालगायत सामाजमा विकृति ल्याउने गतिविधिलाई पूर्णरूपमा निषेध गर्ने रणनीति लिएको छ।
आवश्यकताअनुसार जगाती चेक प्वाइन्ट लगायतका नाका, व्यापारिक स्थान तथा अन्य स्थानमा तालिम प्राप्त कुकुरको प्रयोग गरी स्निफिङ व्यवस्था गरिने, विगतमा अपराध गरी फरार, सजाय भुक्तान गरेका, अदालतबाट छुटेका र अन्य आपराधिक गतिविधिमा लागेकाको पहिचान गरी निगरानी बढाउने भएको छ।




प्रतिक्रिया