अपहरणकारीले डेटिङ हिँडेका प्रेमी–प्रेमिकाको अश्लील भिडिओ बनाएपछि…

अपहरणकारीले डेटिङ हिँडेका प्रेमी–प्रेमिकाको अश्लील भिडिओ बनाएपछि…

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ – प्रहरीले एक जोडीलाई अपहरण गर्ने समूहलाई गोली हानेर नियन्त्रणमा लिएको छ । प्रहरीले प्रेमी–प्रेमिकाको अश्लील भिडिओ बनाएर फिरौती रकम माग्ने उक्त समुहलाई नियन्त्रणमा लिएको हो ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ३ खमारी जंगलमा सोही ठाउँका विमल वली, नविन नेपाली र दुजबहादुर खत्रीलाई प्रहरीले हवाई फायर गरी नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रवक्ता चक्रडम्वर पालका अनुसार यहीँ कात्तिक ३ गते बेलुकी चमेरे गुफा घुमेर फर्कने क्रममा एक प्रेम जोडीलाई बन्धक बनाएर अश्लील भिडियो बनाई पाँच लाख रुपैँया फिरौती माग गरेका थिए । सोही फिरौती रकम बुझ्ने क्रममा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट प्रहरीले मोबाइल, चक्कु र मोटरसाइकल समेत बरामद गरेको छ । घटनामा संलग्न अरु २ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुलाई अपहरण तथा शरीर बन्धक ऐन अन्तरगत मुद्धा चलाउने तयारी गरेको छ ।