दैलेख – भैरवी गाउँपालिका–५ की ममता थापाले कात्तिक पहिलो साता छोरी जन्माइन्। परिवारले जन्मदर्ता गरिदिएपछि सातामै गाउँपालिकाले अनिताको नाममा बैंक खाता खोलिदियो। गाउँपालिकाले उनको खातामा एक हजार रुपैयाँ जम्मा गर्यो।
गाउँपालिकाले हरेक वर्ष एक हजार रुपैयाँका दरले २० वर्षसम्म उनको खातामा रकम जम्मा गरिदिनेछ। गाउँपालिकाले चालु आर्थिक वर्षदेखि बालिकाका नाममा खाता खोल्न सुरु गरेको हो।
यसरी रकम पाउन स्वास्थ्य चौकीमै सुत्केरी भएको हुनुपर्नेछ भने बच्चा जन्माउने आमाको उमेर २० वर्ष पूरा हुनुपर्नेछ। उमेर नपुगी विवाह गरी बच्चा जन्माएका, घरमै जन्मिएका र दुईभन्दा बढी सन्तान जन्माउनेले यस्तो सुविधा पाउँदैनन्।यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।




प्रतिक्रिया