डिप्रोक्स लघुवित्तद्धारा २१ प्रतिशत लाभाश दिने घोषणा

डिप्रोक्स लघुवित्तद्धारा २१ प्रतिशत लाभाश दिने घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – डिप्रोक्स लघुवित्तले आर्थिक वर्ष ७७\७८ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । संचालक समितिको बिहिवार बसेको बैठकले कुल २१.०५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले चुक्ता पूंजीको २० प्रतिशतले हुन आउने २३ करोड १२ लाख ४९ हजार ७ सय २२ रुपैयां १४ पैसा बराबरको बोनस र कर प्रयोजनको लागि १.०५३ प्रतिशतले हुन आउने १ करोड २१ लाख ७५ हजार २ सय ९७ रुपैयां ८७ पैसा नगद लाभांश बितरणको प्रस्ताव गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।