भारतमा फेला परेका चारवटा शव नवलपरासी ल्याइयो

भारतमा फेला परेका चारवटा शव नवलपरासी ल्याइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- भोटेकोशी बाढीमा परी नारायणी नदी हुँदै बगेर भारत पुगेका चारजनाको शव नवलपरासी ल्याएको छ ।

भारतीय प्रहरीको समन्वयमा उक्त शव आइतबार राति ल्याइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

नदीबाट बगेर नवलपरासीसँग सीमाना जोडिएको भारतको महाराजगञ्ज जिल्लामा शव पुगेका थिए । नवलपरासी ल्याइएका शवमा तीन महिला र एक पुरुषको रहेको छ । नेपालबाट बग्दै गएका शवहरू भारतमा समेत पुगेकाले त्यहाँका सुरक्षाकर्मीहरूले पनि खोजी कार्यलाई तिव्रता दिएका छन् ।

अझैं ६ वटा शव महाराजगञ्ज नजिक रहेको जानकारी आएको र त्यसबारे पनि भारतीय सुरक्षा निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । ‘

नवलपरासीको नारायणी नदीबाट सोमबार बिहानसम्म ४१ वटा अंगसहित १ सय ५५ जनाको शव फेला परेको छ । फेला परेका शव परासी,बुटवल,भैरहवा र कपिलवस्तु अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।