काठमाण्डु – भक्तपुरमा दिदीबहिनी मृत फेला परेका छन्।
एउटै डोरीमा झुण्डिएको अवस्थामा दुई किशोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ।
सुर्खेत पञ्चपुरी नगरपालिका–८ घर भई हाल मध्यपुर थिमि नगरपालिका–८ बोडे सिन्टिटारस्थित डेरामा बस्दै आएका १७ वर्षीया मेनुका र उनकी बहिनी १५ वर्षीया श्रृजना कँडेल मृत फेला परेको प्रहरीले जनाएको छ।
कँडेल दिदीबहिनी चक्रधर प्रजापतिको दुई तले घरको भुईं तलामा बस्थे। उनीहरू बिहान पौने ७ बजे कोठाकै प्यासेजमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए ।
घटनास्थलमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई थप अनुसन्धान कार्य भइरहेको छ ।




प्रतिक्रिया