काठमाण्डु– मोरङमा महिला र पुरुष झुण्डिएको अबस्थामा मृत फेला परेका छन्। पथरीशनिश्चरे नगरपालिका–५ स्थित मौलिबारीमा छुट्टा छुट्टै परिवारका महिला र पुरुष एउटै डोरीमा झुण्डिएको अबस्थामा मृत फेला परेका हुन् ।
मृत फेला पर्नेमा मोरङ्गको पथरीशनिश्चरे–५ का अजय टुडू र झापाको गौरीगन्ज गाउँपालिका–२ की जाबुमुनी हस्दा रहेका छन् ।
उनीहरु दुवै विवाहित रहेको बताइएको छ ।
पथरीशनिश्चरे नगरपालिका–५ मौलीबारीस्थित बक्राहा खोलाको किनारमा रहेको पिठारीको रूखको एउटै हाँगोमा झुन्डिएको अवस्थामा उनीहरु फेला परेका मोरङका प्रहरी प्रमुख एसपी नारायण चिमोरियाले जानकारी दिए।
दुवै जना विवाहीत रहेको र महिलाका श्रीमान वैदेशिक रोजगारीमा रहेको खुलेको छ । अजयको भने पत्नी र २ जना छोरा छन्।
स्थानीयले झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।




प्रतिक्रिया