गोवा – भारतको गोवामा एक जना नेपालीको मृत्यु भएको छ । रोजगारीको सिलसिलामा भारत गएका दाङ बबई गाउपालिका वाडा नं ४ सुन्दरखाल निवासी वर्ष ३४ का कविराज नेपालीको बुधबार राती मृत्यु भएको हो ।
राती सुतिरहेको ठाउँ उनी मृत भेटिएका हुन् । उनको मृत्युको कारण खुलेको छैन् । गोवा पुलिसले मृतकको शवलाई पोस्टमार्टमका लागि गोवा मेडिकल कलेजमा राखेको छ । पोस्टमार्टम रिपोर्ट आइसकेपछि अत्यष्ठि गरिने मृतकका जेठान हेमराज बि सीले जानकारी दिएका छन् ।
उनी परिवार सहित विगत तीन वर्षदेखि गोवा कंलगुड स्थित गाडन सोसाइटीमा काम गर्दै आइरहेका थिए । मृतक कबिराजका धर्मपत्नी अस्मिता नेपाली सहित दुई छोरा एक छोरी छन् ।




प्रतिक्रिया