थुनुवा मृत्यु प्रकरणः डीएसपीलाई प्रदेश प्रहरी कार्यालय तानियो, जवान निलम्बित

थुनुवा मृत्यु प्रकरणः डीएसपीलाई प्रदेश प्रहरी कार्यालय तानियो, जवान निलम्बित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – धनुषामा थुनुवा मृत्यु प्रकरणमा दुई जना प्रहरीलाई कारबाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा थुनुवाको मृत्यु भएको घटनामा प्रहरी नायब उपरीक्षक (डीएसपी)लाई प्रदेश प्रहरी कार्यालय तानिएको छ भने एक जना प्रहरी जवानलाई निलम्बन गरिएको छ ।

जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका–२ का ४२ वर्षीय बिलटु रविदास गत शुक्रबार हिरासत कक्षको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेकाे घटनामा जिल्ला प्रहरी धनुषाका डीएसपी मकेन्द्रकुमार मिश्रलाई प्रदेश प्रहरी कार्यालय तानिएको प्रदेश प्रहरी प्रमुख डीआइजी उमेश रञ्जितकारले जानकारी दिए ।

दाजुभाइको विवादमा ज्यान मार्ने तथा अंगभंग मुद्दामा पक्राउ परेका रविदासलाई जिल्ला अदालतले २ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

पीडितलाई राहत र ड्युटीमा खटिएका प्रहरीमाथि छानबिन गर्नै सहमतिपछि परिवारले शव बुझेका छन् । सहमतिअनुसार पीडित परिवारका एकजनालाई जागिर दिने लक्ष्मीनियाँ गाउँपालिका अध्यक्ष बिन्देश्वर यादवले प्रतिबद्धता जनाएका छन् ।

साथै गृहमन्त्री बालकृष्ण खाणले पाँच लाख राहत दिने घोषणा गरेका थिए । मंगलबार प्रतितिनिधसभा बैठकमा बोल्दै गृहमन्त्री खाडले प्रदेश सरकारले ५ लाख रूपैया राहत दिन सहमत भएपछि पीडित परिवार शव बुझ्न तयार भएको बताएका थिए ।