काठमाण्डु – नेकपा एमाले प्रदेश नम्बर १ संसदीय दलको नेता भीम आचार्यका भाइ रामप्रसाद मृत अवस्थामा फेला परेका छन् । ५९ वर्षीय रामप्रसाद आचार्य इनवरुवा नगरपालिका– ३ स्थित घरमा मृत भेटिएको प्रहरीले जनाएको छ ।
घटनाको सूचना पाएलगतै प्रहरीको टोली घटनास्थल पुगिसकेको छ । यसबारे थप अनुसन्धान भईरहेका जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जय थापाले जानकारी दिए । एमाले सचिव समेत रहेका भीम आचार्य आजै संसदिय दलको नेता चयन भएका हुन् ।




प्रतिक्रिया