काठमाण्डु – संखुवासभामा एउटै घरमा सुतेका सात जनामध्ये वृद्धबाहेक अन्य सबैको हत्या भएको छ । सोमवार राती अगात समूहले मादी नगरपालिका -१ खोला गाउका ९३ वर्षीय बौद्धमान कार्कीको परिवारका ६ जनाको हत्या गरेको हो ।
तेजबहादुर कार्की, उनकी आमा पार्वता कार्की, श्रीमती मनमाया कार्की, बुहारी रञ्जना कार्की, नाति दीपक कार्की र नातिनी गोमा कार्कीको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आँखा देख्न र कान सुन्न नसक्ने ९३ वर्षीय बौद्धमान भने सकुशल छन् ।
तेजबहादुरको शव घरको आँगनमा भेटिएको छ । श्रीमती मनमाया र बुहारी रन्जनाको शव घर नजिकै रहेको खोल्सीमा भेटिएको छ । दीपक र गोमाको शव घरदेखि माथि मकैबारीमा भेटिएको वडाध्यक्ष खेमनाथ कट्वालले बताएका छन् । तेजबहादुरका दुई भाइ र छोरा वैदेशिक रोजगारीमा छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया