संखुवासभा हत्या प्रकरण : परिवारका एक सदस्य जीवितै भेटिए

संखुवासभा हत्या प्रकरण : परिवारका एक सदस्य जीवितै भेटिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संखुवासभामा एउटै घरमा सुतेका सात जनामध्ये वृद्धबाहेक अन्य सबैको हत्या भएको छ । सोमवार राती अगात समूहले मादी नगरपालिका -१ खोला गाउका ९३ वर्षीय बौद्धमान कार्कीको परिवारका ६ जनाको हत्या गरेको हो ।

तेजबहादुर कार्की, उनकी आमा पार्वता कार्की, श्रीमती मनमाया कार्की, बुहारी रञ्जना कार्की, नाति दीपक कार्की र नातिनी गोमा कार्कीको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार आँखा देख्न र कान सुन्न नसक्ने ९३ वर्षीय बौद्धमान भने सकुशल छन् ।

तेजबहादुरको शव घरको आँगनमा भेटिएको छ । श्रीमती मनमाया र बुहारी रन्जनाको शव घर नजिकै रहेको खोल्सीमा भेटिएको छ ।  दीपक र गोमाको शव घरदेखि माथि मकैबारीमा भेटिएको वडाध्यक्ष खेमनाथ कट्वालले बताएका छन् । तेजबहादुरका दुई भाइ र छोरा वैदेशिक रोजगारीमा छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।