काठमाण्डु – मुगुको पिनामा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
नेपालगञ्जबाट मुगुका लागि छुटेको भे १ ख १६७ नम्बरको बस मुगुको छायाँनाथ रारा नगरपालिका–७ पिनामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरी टोली र स्थानीयहरु उद्वारका लागि घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ । घटनाको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको उद्धारकालागि हेलीकप्टर बोलाइएको छ भने अस्पतालहरुलाई समेत तयारी अवस्थामा रहन खवर पठाइएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया