मासुको विवादमा बाबुले गरे छोराको हत्या


काठमाण्डु – सल्यानमा मासुको विषयमा विवाद हुँदा आफ्नै बुबाले छोराको हत्या गरेका छन् ।

मंगलबार राति बनगाड कुपिण्डे नगरपालिका– १० माझकाँडाका ५६ वर्षीय बाबु निमवहादुर कँवरले ३३ वर्षीया छोरा रुपलाल कँवरको हत्या गरेका हुन् ।  मासुको विषयमा सामान्य विवाद हुँदा बुबाले हँसिया प्रहार गरेर छोराको हत्या गरेको प्रहरीले जनाएको छ ।

बुबा छोरा दुवैले मदिरा सेवन गरेको पाइएको छ । छोराको हत्या गर्ने बुबालाई पक्राउ गरी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस
Advertisement