काठमाण्डु – बैतडीको दोगडाकेदार गाउँपालिका–३ तारलमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । डिलासैनीबाट सतबाँझतर्फ छुटेको अनटेस्ट ट्र्याक्टर दोगडाकेदार गाउँपालिका–३ तारलमा आज बिहान करिब १ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ट्र्याक्टरका चालक डिलासैनी गाउँपालिका–३ का २३ वर्षीय योगेश पालको मृत्यु भएको ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले जानकारी दिए ।
घाइते योगेशको उपचारकालागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । सोही ट्र्याक्टरमा सवार डिलासैनी–३ कै राकेश कोलीले हामफालेर ज्यान जोगाएका छन् । दुर्घटनाग्रस्त ट्र्याक्टर सडकबाट ५० मिटर तल खसेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया