नर्वेमा धनुकाण आक्रमणमा पाँच जनाको मृत्यु

नर्वेमा धनुकाण आक्रमणमा पाँच जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी- नर्वेमा एक व्यक्तिले धनुकाणले आक्रमण गर्दा कम्तीमा पाँच जनाको ज्यान गएको छ । अरू दुईजना घाइते भएको विवरणमा जनाइएको छ ।

राजधानी ओस्लोदेखि दक्षिण-पश्चिममा पर्ने कोङ्ग्सबेर्गमा आक्रमण भएको कुरा प्रहरीले स्थानीय समय अनुसार साँझ ६ बजेर १३ मिनेटमा थाहा पाएको थियो । सन्दिग्ध आक्रमणकारीलाई गिरफ्तार गरिएको प्रहरी प्रमुखले बताएका छन् ।