सामान्य विवादमा थप्पड हान्दा भुइँमा ढलेर मृत्यु

सामान्य विवादमा थप्पड हान्दा भुइँमा ढलेर मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  चितवनमा सामान्य विवादका क्रममा थप्पड हानेपछि भुइँमा ढलेर एक जनाको मृत्यु भएको छ । विवादका क्रममा थप्पड हानिएपछि भुइँमा ढलेर भरतपुर महानगरपालिका- ४ रामघाट निवासी भीमबहादुर विश्वकर्माको मृत्यु भएको हो ।

रामघाटस्थित दुर्गा चोकमा मदिरा पिएका विकलाई त्यही ठाउँका दिलिप श्रेष्ठले सामान्य विवादमा थप्पड हानेका थिए । त्यसपछि भुइँमा ढलेका उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चितवनका प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीका अनुसार थप्पड हानिएपछि ढलेका उनको उनको टाउकोमा चोट लागेको थियो । भुइँमा ढलेर चोट लागेका उनको उपचारका लागि स्थानीयबासीले चितवन मेडिकल कलेज लगेका थिए ।