काठमाण्डु – सिरहामा एक युवक मृत अवस्थामा फेला परेका छन् । आज बिहान नरहा गाउँपालिका ३ स्थित इनारभित्र युवकको शव भेटिएको हो ।
गोलबजार नगरपालिका ८ बस्ने २० वर्षीय शत्रुधन महतो मृत अवस्थामा फेला परेका हुन्। शुक्रवार नजिकै झिझिया नाच भएको थियो । त्यही हेर्न युवक त्यहाँ पुगेका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया