पूर्वमन्त्री मिथिलाको निधन

पूर्वमन्त्री मिथिलाको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी – पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ । भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको छोरी रक्षाले जानकारी दिएकी छन् ।

मिथिला संविधानसभा सदस्यसमेत रहेकी थिइन् । नेकपा (संयुक्त)को सांसद रहेको बेला उनले जनसङ्ख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन् । उनका श्रीमान्, एक छोरा र दुई छोरी छन् ।