छोराको हत्या गरेको आरोपमा बाबु पक्राउ

छोराको हत्या गरेको आरोपमा बाबु पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया- आफ्नै छोरा २० वर्षीय बिबेक चौधरीको हत्या गरेको अभियोगमा बारबर्दिया नगरपालिका–११ बिजयनगर बस्ने ४५ वर्षीय लौरंगलाल थारू पक्राउ परेका छन् ।

लौरंलालले बुधबार फुटेको बियरको बोतलले पेटमा प्रहार गर्दा गम्भीर घाइते भएका विबेकको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

घटनापश्चात फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले गुलरिया नगरपालिका–११ ईन्द्रपुरमा लुकिछिपी हिँडिरहेको अवस्थामा शुक्रबार बिहान फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।