धनुषामा रेलले किचेर एक पुरुषको मृत्यु


काठमाण्डु – धनुषामा रेलले किचेर एक पुरुषको मृत्यु भएको छ ।

जयनगरबाट जनकपुर आउँदै गरेको रेलले किचेर विदेह नगरपालिका-९ स्थित वैदेही स्टेशनमा नगराइन नगरपालिका-२ बस्ने ३५ वर्षीय पुरन साहको मृत्यु भएको धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीले जानकारी दिए ।

गुडिसकेको रेलमा जबरजस्ती चढ्न लाग्दा खुट्टा फसेर ती व्यक्ति रेल्वे लिकमा खसेको क्षेत्रीले बताए । लिकमा खसेका व्यक्तिको सोही रेलले किचेर मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement