काठमाण्डु- डडेल्धुराको परशुराम नगरपालिकामा एक महिलाको ढुंगा प्रहारबाट हत्या भएको छ ।
परशुराम नगरपालिका वडा नं. ५ बसगौरा घर भएकी ६३ वर्षीया गोमती थापा मगरको गोपाल राउटेले ढुंगा प्रहार गरि हत्या गरेका हुन् ।
वडा नं. ४ रज्यौडा बस्ने २२ वर्षीया गोपाल राउटेले ती महिलाको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राउटे फरार रहेको र खोजिकार्य भईरहेको छ ।




प्रतिक्रिया