काठमाण्डु- डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा खोलाले बगाउँदा एक महिलाको ज्यान गएको छ । गन्यापधुरा गाउँपालिका-४, कुलेडीका गोविन्द बोहराकी आमाको खोलाले बगाउँदा ज्यान गएको प्रहरीले जनाएकाे छ ।
स्थानीय खहरेखोलाले बगाएर आज दिउँसो उनको ज्यान गएको हो । घटनाबारे प्रहरीले अनुसन्धान थालिरहेको छ । निरन्तरको वर्षाका कारण खोलामा पानीको सतह बढेको छ ।




प्रतिक्रिया