७ हजार ७३३ जना डेंगु संक्रमित, सात जनाको मृत्यु

७ हजार ७३३ जना डेंगु संक्रमित, सात जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- देशभर डेंगुको संक्रमितको संख्या ७ हजार ७३३ पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत जनवरीदेखि ६ अगस्टसम्म डेंगु संक्रमितको संख्या ७ हजार ७३३ पुगेको हो । यसअवधिमा सात जना डेंगु संक्रमितको मृत्यु भएको पुष्टि भएको महाशाखाले जनाएको छ ।

यसवर्ष नेपालमा डेंगुका चारवटै सेरोटाइप देखिएको छ । सेरोटाइप भन्नाले भाइरसको प्रकृतिका आधारमा गरिएको वर्गीकरण रहेको महाशाखाको भनाइ छ ।