रोल्पा बस दुर्घटना : ४ जनाको मृत्यु, १८ घाइते

रोल्पा बस दुर्घटना : ४ जनाको मृत्यु, १८ घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- रोल्पामा भएको यात्रुबाहक बस दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ।

रोल्पाको परिवर्तन गाउँपालिका वाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ख २६१२ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको रोल्पाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिए । घटनामा १८ जना घाइते छन् ।

मृत्यु हुनेमा रोल्पाको माडी गाउँपालिका-२ बस्‍ने २१ वर्षीय प्रकाश बाँठा, माडी गाउँपालिका-४ का ५० वर्षीय गोर्खे डाँगी र उनकी ५० वर्षीया श्रीमती हस्त डाँगी तथा परिवर्तन गाउँपालिका-३ का ४६ वर्षीय भक्तबहादुर विक रहेका छन् ।

चालकसहित घाइतेलाई उद्धार गरेर रोल्पाको रेउघास्थित जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।