बाग्मती किनारमा महिलाको शव फेला, पहिचान हुन बाँकी

बाग्मती किनारमा महिलाको शव फेला, पहिचान हुन बाँकी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट । बाग्मतीको बाढीले बगाएको अवस्थामा एक महिलाको शव फेला परेको छ । शुक्रबार साँझ फेला परेको सो लासको अहिलेसम्पम हिचान खुलेको छैन ।

गढीमाइ नगरपालिका–१ स्थित वाग्मती नदीमा अन्दाजी ५५ वर्षीया महिलाको शव पानीमा डुबिरहेको अवस्थामा फेला परे पछि पोष्टमार्टमका लागि गौर अस्पतालाइ लगिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मंगोलियन अनुहार भएकी महिलाको शव वाग्मती पुल नजिकैको झाडीमा फेला परेको हो । प्रहरीका अनुसार मृतकको पहिचानको लागि सूचना जारी गरिएको छ ।