खोलाले बगाएर १ जनाको मृत्यु

खोलाले बगाएर १ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु – खोलाले बगाएर कपिलवस्तुमा १ वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुद्धभूमि नगरपालिका–१ चफेलाका ६४ वर्षीय नुमलाल गैरे रहेका छन् ।

ईलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले भैंसी चराउन गएका बेला बाढीले गैरेलाई बगाएको जानकारी दिए ।

भैंसी चराउँदै गर्दा बाढी आउन लागेपछि खोलापारी रहेको भैंसी फर्काउन जाने क्रममा उनलाई खोलाले बगाएपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।