खोलाले बगाउँदा बालिकाको मृत्यु

खोलाले बगाउँदा बालिकाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेन्द्रनगर – कञ्चनपुरमा खोलाले बगाउँदा १ बालिकाको मृत्यु भएको छ ।

लालझाडी गाउँपालिका–५ देउवा टोलका नारायण चन्दकी छोरी १० वर्षीया चन्द्रा चन्दको मछली खोलाले बगाउँदा शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाख्रा चराउन जाँदा खोला तर्ने क्रममा खोलामा बगेर उनको मृत्यु भएको जनाइएको छ ।