पेप्सीकोला दुर्घटना अपडेट : दुई जनाको मृत्यु

पेप्सीकोला दुर्घटना अपडेट : दुई जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- काठमाण्डुको पेप्सीकोलामा सवारी दुर्घटनामा परी घाइते भएका १४ मध्ये दुईजनाको मृत्यु भएको छ । जडीबुटीदेखि पेप्सीकोलातर्फ जाँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसायी संघको बा३ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आएको बा६च ५३४२ नम्बरको बलेरो गाडी आज बिहान ७ः३० बजे ठोक्किँदा दुर्घटना भएको थियो ।

दुई गाडी ठोक्किँदा वाग्मती प्रदेश ०२-०३७ प ५३११ नम्बरको डिओ स्कुटर र वाग्मती प्रदेश ०२–०४१ प ४८३८ नम्बरको एफजेड मोटरसाइकल समेत दुर्घटनामा परेका थिए ।

दुर्घटनामा घाइते भएका मध्ये अस्पतालमा उपचारका क्रममा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक कुमोद ढुंगलले जानकारी दिए ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सर्लाहीका २१ वर्षीय राज भट्टराई र सशस्त्र प्रहरी बल सिनामंगलमा कार्यरत २५ वर्षीय उषा थापा रहेका छन् । सो बसका चालक रामेछापका २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।