अर्घाखाँचीमा चट्याङ लागेर १ जनाको मृत्यु

अर्घाखाँचीमा चट्याङ लागेर १ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अर्घाखाँची जिल्लाको मालारानीस्थित गोखुंगामा आज सोमबार चट्याङ लागेर १ जनाको मृत्यु भएको छ ।

घटनामा अन्य ४ जना जना गम्भीर घाइते भएका छन् ।

ज्यान जानेमा अर्घाखाँचीको मालारानी गाउँपालिका–९ गोखुंगा सेपानेका २० वर्षीय मिलन खनाल रहेका छन् ।

सन्धिखर्क अस्पतालमा उपचारका क्रममा खनालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख मुकुन्द रिजालले बताए ।

चट्याङ लागेर गम्भीर घाइते भएका दामोदर खनाल, जेमबहादुर पुन, चन्द्रबहादर पुन र लिलबहादुर पुनलाई उपचारका लागि लुम्बिनी अस्पताल बुटबल रिफर गरिएको छ ।