भरतपुर अस्पतालमा श्रीमतीको उपचार गराउन आएका श्रीमानले गरे आत्महत्या

भरतपुर अस्पतालमा श्रीमतीको उपचार गराउन आएका श्रीमानले गरे आत्महत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – चितवनको भरतपुर अस्पतालमा एक पुरुषले झुण्डिएर आत्महत्या गरेका छन् । लम्जुङका विष्णु सुनारले अस्पतालको मेडिसिन विभाग नजिकको भर्‍याङमा झुण्डिएर आत्महत्या रेका हुन् ।

लमजुङको दूधपोखरी गाउँपालिका वडा नम्बर २ स्थायी ठेगाना भएका सुनार शुक्रबार राती ८ बजे मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

तीन महिना अगाडि सुत्केरी भएकी श्रीमतीलाई मुटुको तल्लो भागमा पानी जमेपछि उपचार गराउन कात्तिक १७ गते सुनार भरतपुर अस्पताल आएका थिए । सासुसहित अस्पताल आएका उनले आत्महत्या गरेको चितवन प्रहरीको भनाइ छ ।

उनको श्रीमतीको स्वास्थ्यमा सुधार हुँदै गएको थियो र शनिबार (आज) डिस्चार्ज गर्ने तयारी भइरहेको थियो । प्रहरीले घटनास्थलको मचुल्का उठाई अनुसन्धान सुरु गरेको छ । शव अस्पतालको शवगृहमा राखिएको छ ।