विराटनगर – झापाको कमल गाउँपालिका–३ स्थित भित्री सडकखण्डमा शनिबार भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।
कमल गाउँपालिका–३ बोहोरा टोलमा भएको दुर्घटनामा स्थानीय ३० वर्षीय वीरेन्द्र सहनीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काले जानकारी दिए ।
दक्षिणबाट उत्तरतर्फ आइरहेको मे११प ९२०३ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको मे२प ५९२३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मे२प ५९२३ नम्बरको मोटरसाइकल चालक सहनीको मृत्यु भएको प्रहरी सहायक निरीक्षक खड्काले बताए ।




प्रतिक्रिया