जसपा मधेस प्रदेश सांसद बिन्दुकुमारीको निधन


काठमाण्डु- जनता समाजवादी पार्टी (जसपा) की मधेस प्रदेश सांसद बिन्दुकुमारी यादवको निधन भएको छ। प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा आज बिहान ८ बजे यादवको निधन भएको हो।

सर्लाहीको कविलासी नगरपालिका सिर्सियाकी यादव गत निर्वाचनमा समानुपातिक सांसद भएकी थिइन्। पाठेघरको मुखको क्यान्सरबाट पीडित उनको लामो समयदेखि उपचार चलिरहेको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement