ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उदयपुरको चौदण्डिगढी नगरपालिका–९ ज्यामिरेकछुवारीमा सडक दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

ना४ख ८१६३ नम्बरको ट्रकले प्र१–०२–०५१प ६४७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक प्रहरी चौकी रामपुरझिल्के उदयपुर दरबन्दी भई प्रहरी चौकीभागलपुर उदयपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक ४५ वर्षीय श्रीकुमार बस्नेतको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरमा युनिट इन्चार्जहरूको मिटिङमा सहभागी भई चौकीतर्फ फर्किने क्रममा दुर्घटनामा परी उनको घटनास्थलमै मृत्यु भएको हो ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।