मोरङ – जिल्लाको ग्रामथान गाउँपालिकामा पोखरीमा डुबेर २ बालिकाको मृत्यु भएको छ ।
ग्रामथान गाउँपालिका–२ स्थित रम्भादेवको माछा पोखरीमा डुबेर १० वर्षीया रेजिना खवास र १२ वर्षीया समीक्षा माझीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार २ बालिका डुबेर घाइते भएको अवस्थामा आज शनिबार बिहान स्थानीयले फेला पारेका थिए । त्यसपछि कोशी अस्पतालमा ल्याइए पनि डाक्टरले २ बालिकालाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।




प्रतिक्रिया