काठमाण्डु – सिन्धुलीको मरिण गाउँपालिका–३ बरुण बस्ने दुधराज मुक्तानको छोरा ३ वर्षीय मनिष मुक्तानको आगोले चलेर सोमबार बिहान मृत्यु भएको छ ।
भान्सा घरमा झुलुङ्गेमा राखी घरका अन्य सदस्य खेतमा गएको अवस्थामा शारीरिक रूपमा असक्त मनिष झुलुङेबाट भूइँमा झरेर घस्रिँदै जाँदा चुलोमा परी जलेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो ।
घटनाबारे खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया