काठमाण्डु – निर्माणाधीन घरमाथिबाट खसेको ढिस्कोमा पुरिएर गुल्मीमा १ जनाको मृत्यु भएको छ ।
आज सोमबार रेसुङ्गा नगरपालिका–३ भाडगाउँस्थित शेरबहादुर बेल्वासेको घरमाथिबाट खसेको ढिस्कोमा पुरिँदा प्यूठानको गौमुखी गाउँपालिका–३ निवासी १७ वर्षका डोरबहादुर घर्तीको मृत्यु भएको हो ।
ढिस्कोमा पुरिएर प्यूठानको गौमुखी गाउँपालिका–३ का २४ वर्षीय टेकबहादुर घर्ती र घरधनी शेरबहादुर बेल्वासे घाइते भएका जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी नवीनकिशोर प्रधानले जानकारी दिए ।




प्रतिक्रिया