जाजरकोटमा अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु

जाजरकोटमा अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत- जाजरकोटको कुशे गाउँपालिका–१ धाउनीका वीरबहादुर सिंहका दुई छोरीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ।

घाइते ९ महिने निर्जला सिंहको उपचारका लागि छेडागाड नगरपालिकाको थलहमा लैजाँदै गर्दा बाटोमै सोमबार बिहान ४ बजे मृत्यु भएको थियो भने अर्की ३ वर्षीया सुस्मिता सिंहको आइतबार बेलुकी ९ बजे नै मृत्यु भएको टालेगाउँ स्वास्थ्य चौकीका प्रमुख शेरबहादुर बस्नेतले जानकारी दिए।

बालिकाको साथमा रहेकी हजुरआमा बिजुली सिंह समेत अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएकी हुन्। ​ गाइगोरु लिएर धाउनीस्थित खेतमा काम गर्न जाँदा अरिङ्गालको टोकेको थियो।