काठमाण्डु – रौतहटमा १ जना पुरुषको शव फेला परेको छ ।
दोलखाको जिरी घर भई चन्द्रपुर नगरपालिका–४ मिलन चोकमा बस्ने ३५ वर्षीय पेम्बाली शेर्पा मृत भेटिएका छन् ।
उनी मिलन चोकका जुगेश्वर राय यादवको घरमा ६ महिनादेखि मिस्त्रीको काम गर्दै आएका थिए ।
घरको भूइँ तलामा उनी मृत फेला परेका प्रहरीले जानकारी दिएको छ ।




प्रतिक्रिया