भलिबल खेल्दा भएको कुटपिटमा घाइते युवकको मृत्यु, १ जना पक्राउ

भलिबल खेल्दा भएको कुटपिटमा घाइते युवकको मृत्यु, १ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सल्यानमा भलिबल खेल्दा भएको कुटपिटमा घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको छ ।

बागचौर नगरपालिका–७ कोटबारा स्यालाका २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओलीको कुटपिटबाट पुरानछाँप निवासी २० वर्षीय घनश्याम ओलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कार्तिक ४ गते स्थानीय विद्यालयमा भलिबल खेल्ने क्रममा विवाद हुँदा कुटपिट गरिएको थियो । कुटपिटबाट घाइते घनश्यामको उपचारका क्रममा भारतको लखनउमा बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

कुटपिट गर्ने सन्तोष ओलीलाई प्रहरीले दाङबाट पक्राउ गरेको सल्यानका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए ।