दाइजोको मोटरसाइकलले लियो कुशुमको ज्यान, श्रीमान पक्राउ

दाइजोको मोटरसाइकलले लियो कुशुमको ज्यान, श्रीमान पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम – जनकपुरमा श्रीमानले रुीमतीको हत्या गरेका गरेका छन् ।

ससुरालीले दाइजो स्वरुप दिएको मोटरसाइकल नामसारी नगरिदिएको भन्दै श्रीमतीको हत्या गरेका हुन् । जिल्लाको मिथिला– बिहारी नगरपालिका ४ मिथिलेश्वरमा २२ बर्षीया कुसुम मण्डलको उनकै श्रीमानले हत्या गरेका छन् ।

कुमुमका बुवा जिवछ मण्डलका अनुसार मोटरसाइकल नामसारी गराउन भन्दै प्रकाशले पटकपटक श्रीमतीलाई कुटपिट गर्ने गरेका थिए ।

कुसुमलाई ससुरा रामचन्द्र मण्डलले शुक्रबार राति जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याएका थिए । पासो लगाएर आत्महत्या गर्न खोज्दा उद्दार गरेर ल्याएको बताएका थिए । तर उनको मृत्यु भएपछि उनी शव छाडेर फरार भएका छन् ।

यसैबीच प्रहरीले कुसुमका श्रीमानलाई नियन्त्रणमा लिएको छ । र, घटनाबारे अनुसन्धान भइरहेको धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालले जानकारी दिए । कुसुमको माइती सिराहा जिल्लाको गोलबाजार नपा वडा नम्बर ८ मा पर्दछ ।

हत्या गरिएकी कुसुमका बुवा जीबछ मण्डलले दाइजोमा दिएको मोटरसाइकलको नामसारी आर्थिक अभावका कारण गर्न नसकेकैले आफ्नो छोरीको हत्या गरिएको आरोप लगाएका छन् ।

विवाहमा दुई लाख नगद, अपाचे मोटरसाइकल, सुन र १५ तोला चाँदी समेत दाइजो दिएको माइती पक्षको दाबी छ । कुसुमको करिब डेढ बर्षअघि प्रकाशसँग विवाह भएको थियो ।