साँढे जुधाइमा पर्दा ६० वर्षीया महिलाको मृत्यु

साँढे जुधाइमा पर्दा ६० वर्षीया महिलाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – मोरङको जहदा गाउँपालिकामा साँढे जुधाइमा पर्दा ६० वर्षीया महिलाको मृत्यु भएको छ ।

बिहीबार जहदा गाउँपालिका–३ जयरामपुरमा २ वटा साँढे जुध्दा घटना भएको प्रहरीले जनाएको छ ।

सडकमा २ साँढे जुध्दै गर्दा १ साँढे भागेर घरमा पसेपछि ६० वर्षीया घुर्नी खातुनलाई च्यापेको थियो । सडक नजिक रहेको घरको आँगनमा बसिरहेको अवस्थामा साँढेले च्यापेपछि महिला गम्भीर घाइते भएकी थिइन् ।

गम्भीर घाइते खातुनलाई तत्काल उपचारका लागि परिवारका सदस्यले विराटनगरस्थित कोशी अस्पताल पुर्‍याएका थिए । अस्पतालले महिलालाई दिउँसो १२ बजेतिर मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।