काठमाण्डु – रौतहटमा बसको ठक्करबाट शुक्रबार १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
काठमाण्डुबाट रौतहटको पिप्राबजारतर्फ जाँदै गरेको ना६ख १४६३ नम्बरको बसको ठक्करबाट माधवनारायण नगरपालिका–६ का ६५ वर्षीय ब्रम्हदेव दास तत्माको घटनास्थलमै मृत्यु भएको छ ।
आफ्नै घर अगाडि बिहान धुनी तापेर बसिरहेका बेला उनलाई बसले ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।
तत्मालाई ठक्कर दिएपछि अनियन्त्रित भएको बस नजिकै रहेको स्थानीयको घरको भित्तामा ठोक्किन पुगेको थियो । जसले गर्दा घरधनी फेकु दास र उनकी पत्नी सुमित्रा देवी घाइते भएका जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी निरीक्षक उमाशंकर गुप्ताले जानकारी दिए ।
घाइते दुवैको गौर अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।




प्रतिक्रिया