करेन्ट लागेर १ युवकको मृत्यु

करेन्ट लागेर १ युवकको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्लाहीको चक्रघट्टा गाउँपालिकामा आज शुक्रबार दिउँसो करेन्ट लागेर १ युवकको मृत्यु भएको छ ।

चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरमा छिमेकी छेदी साहको चापाकलमा जडान गरिएको मोटर चलाएर पानी भर्न खोज्दा करेन्ट प्रवाह भई २७ वर्षीय वीरेन्द्र साहको मृत्यु भएको हो ।

साहलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

मृतक युवकको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।