दार्चुलामा १ पुरुष मृत फेला

दार्चुलामा १ पुरुष मृत फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी – दार्चुलामा १ जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको महाकाली नगरपालिका–४ खलंगाको शिवनगर फिल्ड नजिक महाकाली नदी किनारमा पुरुष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

महाकाली नदीको किनारमा आन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक (इन्सपेक्टर) एवं सूचना अधिकारी गोविन्द भण्डारीले जानकारी दिए ।

जिल्लाको दुहुँ गाउँपालिका–२ हिकिला बस्ने जयराज टमटाको शव फेला परेको उनले बताए । घटनाबारे प्रहरीलाई अपराह्न ४ बजेतिर मात्रै जानकारी प्राप्त भएपछि अहिले प्रहरी टोली घटनास्थलमा रहेको जनाइएको छ ।

घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक गोविन्द भण्डारीको टोली खटिएको छ ।