काठमाण्डु – संघीय राजधानी काठमाण्डुका विभिन्न स्थानमा २ जना मृत फेला परेका छन् ।
काठमाण्डुको टोखा नगरपालिका–३ सूर्यदर्शन हाइट बस्ने नुवाकोटको विदुर नगरपालिका–९ घर भएका ४९ वर्षीय दीपक खड्का शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
काठमाण्डु महानगरपालिका–१५ स्थित बिजेश्वरी डेरा बस्ने दोलखाको वैतेश्वरी गाउँपालिका–१ घर भएका ३० वर्षीय अरुण लामा आफ्नै कोठामा शनिबार मृत फेला परेका छन् ।
यसैगरी दार्चुलाको महाकाली नगरपालिका–४ खलंगास्थित शिवनगर खेलमैदान नजिक महाकाली कोरिडोर छेउमा दुहुँ गाउँपालिका–२ हिकिला घर भएका ३५ वर्षीय जयराम टमटा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




प्रतिक्रिया