ट्रयाक्टर पल्टिँदा चालकको मृत्यु

ट्रयाक्टर पल्टिँदा चालकको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी – जिल्लामा ट्रयाक्टर पल्टिँदा च्यापिएर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्रयाक्टर चालक महोत्तरीको पिपरा गाउँपालिका–६ बस्ने ३६ वर्षीय रामगुलाम यादव छन् ।

यादवले चलाइरहेको प्रदेश २–०२–००१ त १९६९ नम्बरको ट्रयाक्टर शुक्रबार दिउँसो लोहरपट्टी नगरपालिका–८ भ्रमपुराको बिगही नदीको किनारमा पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले बताए ।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।