काठमाण्डु – तनहुँमा भएको ट्रयाक्टर दुर्घटनामा १ युवकको मृत्यु भएको छ ।
भिमाद नगरपालिका–६ जलौदी बस्ने ३३ वर्षीय मीनबहादुर सार्कीको ट्रयाक्टरबाट खसेर मृत्यु भएको छ ।
सोमबार बिहान ८ बजेतिर भिमाद नगरपालिका–६ जनज्योति स्कूलबाट बसपार्कतर्फ जाँदै गरेको ग१त ४४४६ नम्बरको ट्रयाक्टरबाट खसेर घाइते भएका उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डीएसपी मोहनबहादुर खाँणले बताए ।
गम्भीर घाइते उनलाई उपचारका लागि जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा लगिएको थियो । उपचारकै क्रममा उनलाई केहीबेरमा मृत घोषणा गरेको डीएसपी खाँणले बताए ।
ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया