भूतखोलामा डुबेर १ जनाको मृत्यु

भूतखोलामा डुबेर १ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पा – जिल्लाको भुतखोलामा डुबेर मंगलबार १ जनाको मृत्यु भएको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका–३ दोभान भूतखोलाको पोखरीमा डुबेर सिद्धार्थनगर नगरपालिका–९ बस्ने २२ वर्षीय बिमल आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

रुपन्देहीको भैरहवाबाट घुम्न आएका आचार्य र २६ वर्षीय युना दाहाल भूतखोला पोखरीमा अचानक डुबेका र स्थानीयले उद्धार गरी उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाएकोमा चिकित्सकले आचार्यलाई मृत घोषणा गरेका थिए ।

घाइते अवस्थामा रहेकी दाहालको प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।