पाल्पा – तिनाउ खोलामा डुबेर भारतीय किशोरीको मृत्यु भएको छ ।
आज मंगलबार दिउँसो साढे १ बजे तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी सुगन्ध श्रेष्ठले बताए ।
भारतको उत्तर प्रदेश मगहरकाजिपुर घर भएका विद्यार्थीहरू विद्यालयबाट शिक्षकसहित २०–२५ जनाको संख्यामा नेपालमा घुम्न आएका थिए । घुम्न आएका विद्यार्थीमध्ये २० वर्षीया शाहिस्ता प्रविन फोटो खिच्ने क्रममा अचानक चिप्लिएर खोलामा डुबेकी थिइन् ।
प्रहरी चौकी दोभानबाट खटिएको टोलीले किशोरीको उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको थियो । अस्पताल पुर्याएपछि चिकित्सकले किशोरीलाई मृत घोषणा गरेका छन् ।
घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाइएको छ ।




प्रतिक्रिया