छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु

छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट – जिल्लामा आज शुक्रबार भएका २ छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु भएको छ ।

गौर नगरपालिका–३ पोखरीया टोलमा नुरमहमद अंसारीका छोरा ३५ वर्षीय अमरुल अंसारीको करेन्ट लागेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय गौरका डीएसपी दामोदर केसीले घरको चापाकलमा जडान गरिएको मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर अन्सारी घाइते भएका जानकारी दिए । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल गौरमा ल्याइएको थियो । चिकित्सकले जाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

यसैगरी धान कुटाउने क्रममा मिलको फितामा बेरिएर बौधीमाई नगरपालिका–१ का जोदी रायकी श्रीमती ४२ वर्षीया मिना देवीको मृत्यु भएको प्रहरीले जनाएको छ । धान कुटाउने क्रममा मिलको फित्तामा बेरिएर मिना गम्भीर घाइते भएकी थिइन् । उनलाई तत्कालै उपचारका लागि वीरगञ्ज लगिएकोमा बाटोमै मृत्यु भएको छ ।